२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

र्‍याप गितमा भविष्य खोज्दै अर्घाखाँचीका ‘सि वन’ उर्फ नविन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । गित संगितका विभिन्न विधा छन् । ति मध्ये युवायुवती माझ लोकप्रिय विधा हो ‘र्‍याप’ । पछिल्लो समय युवायुवतीमा र्‍याप गितको लोभलाग्दो क्रेज छ।

अर्घाखाँचीका र्‍यापर ‘सि वन’ उर्फ नविन पोख्रेल यही विधामा समर्पित छन् । विगत दुई वर्षमा उनका आधा दर्जन र्‍याप गित बजारमा आएका छन् । ‘आमा’  ‘बिस्तारै बिस्तारै’ ‘डर लाग्थ्यो’ ‘मायाँको याद’ ‘आफ्नै’ ‘मदिरा हातमा’ ‘चहलपहल साईफर’ लगायतका गित बजारमा सार्वजनिक भईसकेका छन् । C-one The-Boss नामक आफ्नै युटुब च्यानल मार्फत उनले गित सार्वजनिक गर्दै आएका छन् । पछिल्लो समय रिलिज हुन बाँकी ‘अर्घाखाँची कपिलवस्तु’ भन्ने गित टिकटकमा भाईरल बनेको छ ।

र्‍याप गीतमा आफ्नो भाग्य र भविष्य खोज्न संघर्षरत छन् अहिले नविन । पछिल्लो समय उदाएका नविन निकै राम्रो सम्भावना बोकेका गायक हुन् । मोफसल बाहिर भएकाले थोरै गाह्रो भएको उनी बताउँछन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नवोदिन कलाकार नविन काठमाण्डौ भित्र कलाकारिता गर्न सजिलो भएको बताउँछन् । भ्याली बाहिर त्यती सजिलो नरहेको उनको अनुभव छ । ‘म अर्घाखाँचीको मान्छे । यहाँबाट भविष्य बनाउन धेरै कठिन छ, उनले भने,‘बुटवलमा केही स्टुडियो त छन्, तर भ्याली बाहिर निकै गाह्रो छ ।’

लुम्बिनी प्रदेशमा उनको प्रभाव राम्रै छ । राष्ट्र र अन्तराष्ट्रिय जगतमा आफ्नो प्रतिभा पुर्‍याउन संघर्ष गरिरहेको उनको भनाई छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन मेहनत गरिरहेका २३ वर्षिय नविन बुवा नरेश र आमा मुनाका कान्छा सुपुत्र हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (91%)
  • दुःखी (0%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (3%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?