अर्घाखाँची : नेपाली कांग्रेसले १९ गते पालिका र २७ गते क्षेत्रिय सम्मेलन गर्दै

अर्घाखाँची : नेपाली कांग्रेसले १९ गते पालिका र २७ गते क्षेत्रिय सम्मेलन गर्दै

विक्रम पाण्डे
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रथम पालिका सम्मेलनको तयारीलाई तिव्रता दिएको छ । पार्टीले यहि श्रावण १९ गते गर्ने पालिका सम्मेलनलाई व्यापक बनाउनको निम्ती ६ वटै पािलकाहरुमा निर्देशन दिएको छ । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालका र पाणिनी गाउँपालिका कार्य समितिलाई निर्देशन दिएको हो ।

यहि श्रावण १९ गते हुने पालिका सम्मेलन तयारीको काममा अगाडी बढेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको हो । सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए। उनले पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा व्यापक छलफल हुने बताए ।

पालिका सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले विश्वास व्यक्त गरे। नेपाली कांग्रेसको विधान २०१७ (नवौँ संसोधन) ले गरेको ब्यबस्था तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस अर्घाखाँचीले पालिका सम्मेलन गर्न लागेको हो । सम्मेलनको लागि जिल्ला तहका नेताहरुलाई प्रतिनिधीको रुपमा पालिकाहरुमा खटाउन लागि प्रतिनिधी छनौटको कार्य भैरहेको सचिव खनालले जानकारी दिए।

यसैविच पालिका सम्मेलनको विषयमा नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिको सम्मेलन तयारी बैठक सम्पन्न भएको छ । बैठकले यहि श्रावण १९ गते हुने पालिका सम्मेलनको लागि नगर कार्य समितिका पदाधिकारी, सदस्य, सम्पूर्ण वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, कृयाशिल सदस्य, सम्पूर्ण क्षेत्रीय प्रतिनीधि, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्य, विभिन्न टोल समितिका पदाधिकारी सदस्य तथा पार्टिी प्रति आस्थावान सम्पूर्ण व्यक्तित्वहरुमा सम्मेलनमा व्यापक सहभागिताको लागि अनुरोध गरेको छ ।

कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा सहित कांग्रेस अर्घाखाँचीले गत असार ९ गते जिल्लाका ६१ वटै वडाहरुमा वडा सम्मेलन सम्पन्न गरिसकेको छ । पाटीर्ले वडा सम्मेलन सम्पन्न पश्चात पालिका सम्मेलन गर्न लागेको हो । सम्मेलनले सांगठनिक , राजनितीक तथा आर्थिक प्रतिवेदन पेश गर्नुको साथै आगामी एक वर्षमा गर्नुपर्ने रणनीतिक कार्यहरुको घोषणा गर्नेछ । यस्तै पार्टीले २७ गते शनिवार क्षेत्रिय सम्मेलन गर्दैछ । दुई वटा क्षेत्र रहेको अर्घाखाँचीमा दुवै क्षेत्रमा सम्मेलनको तयारी गरिएको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *