१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

मिटरब्याजसम्बन्धी २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

मिटरब्याजसम्बन्धी घटनामा अहिलेसम्म विभिन्न ५५ जिल्लामा कुल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । दर्ता भएका उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले अहिलेसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कुल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ रुपैयाँ कारोबार भएको उल्लेख छ । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म ८४ करोड ३६ लाख ८३ हजार ३४ रुपैयाँ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?