१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

गोलभेँडाको भाउ बढ्यो, किसानलाई राहत

गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ । गएको असार ३ गते किलोको ५ रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका थिए ।

अहिले भने किसानले किलोको ६५ देखि ७५ रुपैयाँमा गोलभेँडा बेचिरहेका धादिङका अगुवा किसान श्यामचन्द्र आचार्यले बताए । उनका अनुसार किसानले अहिले खेतबारीमै किलोको ६५ देखि ७५ रुपैयाँसम्म पाएका छन् । गोलभेँडा उत्पादनको सिजन नहुँदा बजारमा अहिले भाउ बढेको छ ।

साउन पहिले हप्तादेखि नै गोलभेँडाको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार पहिले पहिले भारतबाट समेत गोलभेँडा आयात हुँदा भाउ केही सस्तो हुन्थ्यो । तर अहिले भारतमा पनि गोलभेँडा महँगो भएकाले व्यापारीले नेपाल ल्याएका छैनन् । यसले गर्दा गोलभेँडा माग अनुसार बजारमा छैन । यही कारण भाउ बढेको श्रेष्ठले बताए।

कालीमाटी थोक बजारमा आज ठूलो गोलभेँडा किलोको १२० देखि १४० रुपैयाँ छ । यस्तै, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेलको सानो गोलभेँडा ८५ देखि ९५ रुपैयाँ थोक मूल्य छ । उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भन्दा महँगो पर्छ ।

काठमाण्डौमा उपत्यका आसपासका क्षेत्र र छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुरलगायतबाट गोलभेँडा भित्रिरहेको छ । कालीमाटीमा अहिले दैनिक ४० देखि ४५ टन गोलभेँडा भित्रिरहेको छ । अरु बेला दैनिक ६० देखि ६५ टन भित्रने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?