२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

अर्घाखाँची : महिला संघको स्थापना दिवसमा दिप प्रज्वलन

अर्घाखाँची । नेपाल महिला संघको स्थापना दिवस अर्घाखाँचीमा दिप प्रज्वलन गरेर मनाईएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७६ औं स्थापना दिवसका अवसरमा सन्धिखर्कको शान्ती बगैंचामा महिला संघका संस्थापक मंगलादेवीको तस्विरमा माल्यार्पणसंगै दिप प्रज्वलन गरी मनाईएको हो ।

दिप प्रज्वलन कार्यक्रम पश्चात मन्तव्य राख्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतारले विभिन्न परिवर्तनकारी आन्दोलनमा नेपाल महिला संघको भुमिका अतुलनिय रहेको बताए । महिलाहरुलाई भाषणमै सिमित राखिएको भन्दै उनले आसनमा जाने बेला आएको बताए । गोर्खाबाट प्रतिनिधित्व गर्ने सतार पार्टिका आन्तरिक कार्यक्रमको सन्दर्भमा अर्घाखाँची आएका थिए ।

यस्तै लुम्बिनी प्रदेश उपाध्यक्ष भुवन श्रेष्ठ, सदस्य शान्ता भण्डारी, महिला संघका कार्यवाहक जिल्ला अध्यक्ष जानका बञ्जाडे लगायतले बोल्दै महिलाहरु चुलोचौकादेखी देशको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए । नेपाली कांग्रेसले पहिलो पटक द्वारिकादेवी ठकुराईनलाई महिला मन्त्री बनाएको स्मरण गर्दै त्यसपछाडी महिलाहरुका लगी अवसर खुलेको र बिस्तारै अन्य दलहरुले पनि सिको गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापती केशव श्रेष्ठ, उपसभापती बाबुराम पौडेल, सचिव कृष्ण खनाल, नेविसंघ अध्यक्ष भरतमणी भट्टराई, प्रेस युनियन अध्यक्ष लक्ष्मण घिमिरे, पार्टिका महत्वपुर्ण व्यक्तीत्व लगायत महिला संघका नेतृहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम महिला संघका कार्यवाहक जिल्ला अध्यक्ष जानका बञ्जाडेको अध्यक्षता र सचिव छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?