२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

भ्रष्टाचारीले देश खोक्रो पारे : सभापती अमर पुन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमर सिंह पुनले देश विकास नहुनुको मुख्य कारण भ्रष्टाचार रहेको बताएका छन् । भ्रष्टाचारले जरजर भएको देश भ्रष्टाचारी सफाई नगरेसम्म प्रगती तर्फ उन्मुख नहुने बताए ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापती पुनले भ्रष्टाचारीहरुले देश खोक्रो पारिरहेको बताए । ‘देश भ्रष्टाचारको चंगुलमा परेको छ,उनले भने,‘देश विकासको बाधक भ्रष्टाचार भएकाले पुष्टी हुने सबैलाई कारवाही हुनुपर्छ ।’

मिडिया र सामाजिक संजालमा ठुलाठुला नाम आएपनी अनुसन्धान गर्न सरकार चुकेको बताए । सार्वजनिक पदमा बसेर अनियमितता गर्ने कसैले छुट पाउन नहुनेमा नेपाली कांग्रेस प्रष्ट रहेको उनको भनाई छ ।

सरकारले भ्रष्टाचारका फाईल खोल्नु सकारात्मक रहेपनि निष्पक्ष छानबिन हुनेमा प्रश्न उब्जिएको उनले बताए । सरकार र सरकारका मन्त्रीहरुका विरुद्धमा बोल्दा बहालवाला सांसद सुनिल शर्मालाई पुर्वाग्रही ढंगले गिरफ्तारी गरेर आवाज दबाउन खोजिएको बताए । उनले आवाज उठाएकै बेला पक्राउ पर्नुले सरकार केही क्रुर बन्न खोजेजस्तो देखिएको उनको भनाई छ ।

नेपाली कांग्रेसको आन्तरिक अभियानमा सहभागी हुन अर्घाखाँची आएका सभापति पुनले केन्द्र सरकारले अधिकार केन्द्रित गर्दा संघियतामा प्रश्न उठीहरेको बताए । प्रदेश सरकारलाई बलियो बनाउन केन्द्र सरकारले अधिकार दिएमा मात्र काम गर्न सहज हुने उनले बताए ।

जबसम्म अधिकारबाट बञ्चित गराइन्छ तबसम्म हरेक गतिविधिमा असर पर्ने उनले बताए । संघियताको मर्म अनुसार अधिकार बाँडफाँट नगर्ने हो भने प्रश्न उठिरहने र कालान्तरमा यसको औचित्य पुष्टी गर्न नसक्दा व्यवस्था नै धरापमा पर्ने खतरा रहेको बताए ।

कांग्रेस सरकारमा सहभागी रहेकाले जनताका मुद्दाहरुमा कांग्रेस एकजुट भएर लाग्नु पर्ने बताए । गुटगत खिचातानी छाडेर जनताको मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाई छ । उनले कांग्रेसको संगठन सुधारका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्रास लेवल सम्म पार्टीको संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?