१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : मन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले हाल अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको भन्दै उनले नेपालमा व्यापार व्यवसाय गर्नका लागि ठूलो अवसर रहेको बताएका थिए ।

विदेशभन्दा पनि नेपाल सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको उनको तर्क थियो । उनले नेपालमा आईटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आईटी क्षेत्रमा लगानीकर्ताका लागि राम्रो अवसर दिइएको बताए ।

यस क्षेत्रमा लगानी बढाउन पनि अर्थमन्त्री महतले आह्वान गरेका थिए । ‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ । कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्,’ अर्थमन्त्री महतले भने ।

आईटी क्षेत्र अहिले राम्रो बन्दैगएको भन्दै उनले नेपाली युवाहरुले सफ्टवेयर निर्यात गरिरहको र त्यसले नेपाललाई पनि फाइदा गरेको बताए । यस क्रममा उनले आईटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको पनि स्मरण गराएका थिए ।

‘आईटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्नु पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यस पटकको बजेटमा आईटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु,’ महतले भने ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?