नेपाल सांस्कृतिक संघ अर्घाखाँची नेपाल सांस्कृतिक महासंघमा रुपान्तरण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल सांस्कृतिक संघ अर्घाखाँची नेपाल सांस्कृतिक महासंघमा रुपान्तरण भएको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल सांस्कृतिक संघलाई केन्द्रिय कार्यसमितिको बैठकले नेपाल सांस्कृतिक महासंघमा रुपान्तरण गर्ने निर्णय गरेसंगै अर्घाखाँचीमा महासंघको कार्यसमिति चयन गरिएको छ ।
जसको जिल्ला सभापतीमा लिलामणी पोखरेल रहेका छन् । मालारानी निवासी पोखरेलले यसअँघी संघको पनि नेतृत्व गर्दै आएका थिए । यस्तै उपसभापतीमा खिम अधिकारी र तेजु नेपाली रहेका छन् । सचिवमा तेजेन्द्र शमशेर पाण्डे, मञ्जु भट्टराई, सहसचिवमा रुपा कंडेल, कोषाध्यक्षमा सुरज परियार चयन भएका छन् ।
महासंघको सदस्यहरुमा पम्फा पुन, निर्मला थापा, भुवनेश्वर अधिकारी, श्रीधर पौडेल, अली खान, गिता खनाल, अनिल ताम्राकार, दुर्गा खनाल रहेका छन् । महासंघमा रुपान्तरण भएपछी कार्यसमिती विस्तार गरिएको हो ।
कार्यसमिति बैठकले असोज मसान्तसम्म अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुमा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । महासंघलाई क्रियाशिल बनाउन अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सभापती लिलामणी पोखरेलले बताए । ‘हामी महासंघलाई क्रियाशिल बनाएर लैजान्छौं, उनले भने,‘छ वटै पालिकामा संगठन विस्तार गर्ने तयारीमा छौं ।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य महिकुलाल वाल्मिकी र कांग्रेस जिल्ला सचिव कृष्ण खनाललाई निर्णय पठाएर सो बारेमा जानकारी गराईएको उनले जानकारी दिए । कांग्रेस जिल्ला कार्यसमितिले उक्त निर्णय अनुमाेदन गरिसकेकाे छ ।
लामो समयसम्म नेपाल सांस्कृतिक संघ नाम रहेको उक्त संस्था १२ ओटा संघसंगठन गाभेर नेपाल सांस्कृतिक महासंघमा रुपान्तरण भएको हो । लोकतान्त्रिक भाषा साहित्य संघ, लोकतान्त्रिक चलचित्र संघ, लोकतान्त्रिक संगित संघ, लोकतान्त्रिक दोहोरी संघ, लोकतान्त्रिक नृत्य संघ, लोकतान्त्रिक लेखक संघ लगायतका १२ ओटा संघ संगठन गाभिएर नेपाल सांस्कृतिक महासंघ भएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसको सुभेच्छुक संस्थाका रुपमा रहेको उक्त संस्था अब भातृ संस्थाको रुपमा विकसित हुने बताईएको छ ।