२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

डेभामा अक्षयकोषको व्याजबाट मन्दिर सन्चालन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिका ९, डेभामा रहेको सुपादेउराली मन्दिर डेभा चौतारीडाँडा अर्घाखाँचीको कार्यसमिति चयन गरिएको छ । मन्दिर कानुनी रुपमा दर्ता भएपछी आवश्यक प्रक्रिया र प्रावधान अनुसार कार्यसमिति चयन गरिएको हो ।

मन्दिर सञ्चालक समितिको अध्यक्षमा चिरन्जिवी भुसाल चयन भएका छन् । यस्तै उपाध्यक्ष कल्पना पराजुली, शोभाखर पाण्डे, सचिवमा डासिराम दर्लामी, सहसचिव चिरन्जिवी भुसाल ‘ख’, कोषाध्यक्षमा सुन्दरा रायमाझी चयन भएका छन् । यस्तै सदस्यहरुमा गोमा भुसाल, बाबुराम गैरे, जिवे सार्की, जिवकला पालुङ्गे र गोविन्द प्रसाद भुसाल रहेका छन् ।

समितिको मानार्थ सदस्यमा धार्मिक व्यक्तित्व हरी प्रसाद भुसाल र समाजसेवी व्यक्तित्व पुर्ण बहादुर शाहीलाई चयन गरिएको छ । यस्तै सल्लाहकारमा लेखनाथ पाण्डे, जित बहादुर रेश्मी, हरी बहादुर विक रहेका छन् । मन्दिरको कानुनी सल्लाहकारमा टेकराज भुसाल र प्रेस सल्लाहकारमा लक्ष्मण घिमिरे चयन भएका छन् ।

मन्दिरलाई पुननिर्माण गरि संरचना निर्माण गर्ने कार्यमा सन्चारकर्मी मुक्तिनाथ भुसाल र उनका भाई पिताम्बर भुसालको योगदान रहेको छ । नितान्तै निजी लगानीवाट समपन्न भएको मन्दिरमा ५ लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण कुरा, अक्षयकोषमा राखिएको रकम धर्ति रहँदा सम्म कसैले पनि निकाल्न नमिल्ने र मन्दिर संन्चालन अक्षयकोषको व्याजवाट गर्ने गरि विधान दर्ता बनाईनु आफैमा प्रशंसनीय रहेको छ । अक्षयकोष स्थापनाका लागि मन्दिर तथा प्रतिक्षालयको संरचना निर्माणकर्ताहरुले सार्वजनिक आव्हान गरिसकेपछि छाटै समयमा उल्लेखीत रकम संकलन भएको हो ।

नेपालका विभिन्न जिल्लाहरुवाट रकम प्राप्त हुदै गर्दा सिम्रिक एयरलाईन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले १ लाख १ सय ११ र ओम कलेज काठमाण्डौका सञ्चालक राजेन्द्र मानन्धरले १ लाख १ सय ११ रुपैया सहयोग गरेका थिए । रु ४ हजार ९९९ भन्दा माथी सहयोग गर्ने दाताहरुको नाम भावी पुस्ताको स्मरणका लागि मन्दिर परिसर भित्र लेखिएको र मन्दिरमा अक्षयकोषको व्याजवाट दैनिकी पूजा हुने गरेको संरक्षक मुक्तिनाथ भुसालले बताएका छन् ।

उनका अनुसार मन्दिरको अक्षयकोषमा रहेको सावाँ रकम कहिल्यैपनि र कसैलेपनि निकाल्न नमिलने गरि विधान बनाईएको बुझिएको छ । गच्छे भालुबाङ्ग सडकसंग सटेको स्थानमा मन्दिर भएकाले यसको महत्व अझै बढेको छ । मन्दिरको पुननिर्माण पछी आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनलाई यसले आकर्षित गरेको छ । यस मन्दिरमा विगतको समयमा वार्षिक दुई दर्जन भन्दा धेरै पाठापाठी चढ्दै आएका छन् ।

हिन्दु नारीहरुको महान पर्वलाई लक्षित गरि यही भदौ २० गते सानो तिज अर्थात श्रीकृष्णजन्माष्ठमीका अवसरमा मन्दिर सन्चालक समितिले तिज विशेष आयोजना गरेको छ । यसरी आयोजित कार्यक्रममा कम्तिमा १० जना भन्दा माथीको समुहलाई एक ग्रुप मानेर प्रत्येक ग्रुपलाई नगद पुरस्कार दिने गरि तयारी भईरहेको थप जानकारी मिलेको छ । प्राप्त जानकारी अनुसार उक्त दीन तिज गित गाउँन चाहने महिला दिदीवहिनीहरुले आफनो ग्रुप दर्ता गराउन कुनै रकम तिर्नु पर्ने छैन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (95%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (5%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?