सीआइबीले समातेको सक्कली डाक्टर रिहा

सीआइबीले समातेको सक्कली डाक्टर रिहा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली डाक्टरविरुद्धको अपरेसनका क्रममा पक्राउ परेका सक्कली डाक्टर रिहा भएका छन्।

नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका -८, महोत्तरीका रञ्जिनकुमार यादवलाई पक्राउ गरेको थियो। तर उनी सक्कली भएको पाइएपछि रिहा भएका हुन्। नाम जुधेका कारण उनी पक्राउ परेको नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले बताएका थिए। काउन्सिलले पक्राउ परेका व्यक्ति फरक भएको पत्र पठाएपछि सीआइबीले यादवलाई रिहा गरेको हो। यसबारे सीआइबीले आज विज्ञप्ति निकालेर जानकारी दिँदै छ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन्। अब डा. यादव रिहा भएपछि ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *