अरिंगालको टोकाईले एक युवकको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले चिल्दा एक युवाको मृत्यु भएको छ । अरिंगालको गोला पोल्न हिंडेका मुसिकोट नगरपालिका वडा नम्बर ४, कालढुङ्गाका २१ वर्षिय शैलेससिंह ठकुरीको अरिङ्गालले चिलेर मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार सोमबार साँझ ठकुरी साथीहरूसँग देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पोल्न गएका थिए । अरिङ्गालले टोकेर घाइते उनी राति घरमा आएर सुतेको र मंगलवार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।
उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणी