२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

ब्रेकसुमा लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु

मोटरसाइकलको ‘ब्रेकसु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गाल्ने काम सुरु गरिएको हो ।

यसअघि हिजो ब्रेकसुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिनेछ ।  त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ । आगोमा गाल्दा सुनबाहेकका अरू वस्तु पनि निस्किन सक्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिएको छ । उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?