२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

अनुसन्धान गर्न बोलाउँदैनन्, म के गरुँ ? : कृष्ण बहादुर महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका छन् ।

आज मङ्गलवार दाङमा भएको कार्यक्रममा महराले आफूलाई जोडेर आएका विषयमा प्रष्ट पार्दै अनुसन्धानमा सघाउन तयार रहेको जनाएका हुन्। विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनका छोराको नाम जोडिएको छ । अनुसन्धानका लागि बोलाउनुस् भनेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराको दाबी छ ।

‘सुन प्रकरणबारे अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन्, म के गरुँ ?’ उनले भने। महराले सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ व्यापारी वाङलाई १० वर्ष अघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको पनि बताए ।

‘वाङले मेरो महत्त्वपूर्ण सामान भन्सारमा रोकियो भनेका थिए, उनले सुनको स पनि उच्चारण गरेका थिएनन्, मैले चाहिँ कानुनअनुसार छुट्नुपर्ने सामान हो भने कानुन हेरेर छाडिदिनुहोला मात्रै भएको हो, मैले सुन भन्ने थाहा पाएको थिएन’, महराले भने ।

आफूलाई यो प्रकरणमा किन जोडियो र केही समूह किन पछि लागेका छन् भनेर अचम्म लागेको महराको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?