४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

श्रीलङ्काका अलराउन्डरले २६ वर्षमै टेस्ट क्रिकेटबाट सन्न्यास लिए

श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् ।

सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी–२०) लाई प्राथमिकता दिने बताउँदै हसरङ्गाले टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् । श्रीलङ्का क्रिकेट बोर्डले हसरङ्गाको सन्न्यास लिने निर्णय स्वीकार गरेको छ ।

हसरङ्गा वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट लेग स्पिनर तथा अलराउन्डर हुन् । सन् २०२० मा दक्षिण अफ्रिकासँगकाे खेलमा टेस्टमा डेब्यु गरेका उनले ४ वटा टेस्ट खेल्दा १ सय ९६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् ।

यस्तै हसरङ्गाले ४८ एकदिवसीयमा ४ वटा अर्धशतकसहित ८ सय ३२ रन बनाउँदा ६७ विकेट लिएका छन् । उनले ५८ टी–२० मा ५ सय ३३ रन बनाउँदा ९१ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?