पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तर्गत पाल्पको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका–२, का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।

जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घठनामा मोटरसाइकलको पछाडी बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१, का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नयव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्तित युनाइटेड मिसन अस्पताल ल्याएकामा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेकामा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको छ । मोटरसाइकल गएराती साढे १ बजे दुर्घटना भएको थियो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *