३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

बिग ब्यास लिगकाे ड्राफ्टमा नेपालका पाँच खेलाडी

अस्ट्रेलियाको क्रिकेट फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) को विदेशी खेलाडीको ड्राफ्टमा नेपालका पाँच खेलाडी समावेश भएका छन्। बिबिएलले आज सार्वजनिक गरेको ३७६ जनाको सूचीमा नेपालका पाँच खलाडी समावेश भएका हुन्।

नेपालबाट देव खनाल, सन्दीप लामिछाने (होबार्ट हरिकेन्समा रिटेन हुन सक्ने), अर्जुन साउद, आरिफ शेख र आसिफ शेख ड्राफ्टमा समावेश भएका हन्। अब टिमहरूले ३ सेप्टेम्बरमा ड्राफ्टमा छनोट भएका विदेशी खेलाडीलाई आफ्नो टिममा राख्न सक्नेछन्। ड्राफ्टमा नेपालसहित २९ देशका खेलाडी समावेश छन्।

टिमले न्यूनतम दुई र अधिकतम तीन विदेशी खेलाडी राख्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?