नेपाल र पाकिस्तानको खेल हेर्न आतुर

नेपाल र पाकिस्तानको खेल हेर्न आतुर

नेपाली खेलप्रेमी घडी हेरेर बसीरहेका छन् । यो एतिहासिक क्षणको व्यग्र प्रतिक्षामा उनिहरु छन् ।

भारत र पाकिस्तान जस्ता दिग्गज राष्ट्रहरुसंग सामना गर्नु आफैमा चुनौतिपुर्ण भएपनि यो नेपालको ठुलो सफलतासंगै एक प्रकारको सपना पनि हो । नेपाली खेलप्रेमीहरुले खेल हेर्न प्रतिक्षा गरिरहेका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ सुरु हुन अब एक दिन बाँकी छ।

प्रतियोगितामा नेपालले पहिलो पटक सहभागी जनाउँदैछ। एसिया कपको अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानमा छ। कराँचीमा अभ्यास गरिरहेको नेपाली टिम पहिलो खेलका लागि मुल्तान जाने कार्यक्रम छ।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ को सह-आयोजक हुन्। एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले खेलहरु श्रीलंकामा पनि हुन लागेका हुन्। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कप २०२३ का खेलहरु ५० ओभरको हुनेछन्। सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो। एसिया कपका सबै नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ।

प्रतियोगिताको समूह विभाजन र फाइनल पुग्ने समिकरण
६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर-फोर चरणमा प्रवेश गर्नेछन्। त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन्।

खेल मिति 
भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ। प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन्।

नेपालको पहिलो सभागिता 
यो वर्ष नेपालले एसिया कपमा डेब्यू गर्दैछ। गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो।

छनोट प्रतियोगितामा १० टिमको सहभागिता थियो र फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। नेपाल हाल आइसिसी एकदिवसीय वरीयतामा १५ औं स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ।

नेपालका खेल 
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

भारत र पाकिस्तानको खेल 
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर-फोर र फाइनलमा भिड्न सक्नेछन्। यसो हुन समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर-फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

इंग्ल्यान्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल पाँच विकेटले नै भारतलाई हराएको थियो।

खेल तालिका
नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका –  भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्‍तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर –  भदौ २० देखि भदौ २९ सम्म
फाइनल – भदौ ३१

कप्तान पाैडेल भन्छन् 

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप २०२३ का खेललाई स्मरणीय बनाउने बताएका छन्। एसिया कप २०२३ को अन्तिम तयारीका लागि पाकिस्तानमा रहेका रोहितले नेपाल टिम भावनाले अघि बढ्ने बताएका हुन्।

उद्‌घाटन खेलमा भदौ १३ गते घरेलु टिम पाकिस्तानसँग मुल्तानमा खेल्नुअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनौतीहरू अँगाल्न, सपनाहरू पछ्याउन र जोशका साथ खेल्ने यात्रामा छौं। ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक छ। समर्पण, टोली भावना र समर्थकको अटल साथ हामी टोली राष्ट्र र विरासतको आशा बोकेर अगाडि बढ्छौं। यो खेललाई स्मरणीय यात्रा बनाऔं!’

एसिया कप २०२३ को उद्‌घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ। नेपालले विश्वको शीर्ष वरीयताको टिमसँग पहिलो पटक खेल्नेछ।एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले विश्व क्रिकेटका शक्त राष्ट्रद्वय पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।

एसिया कपको पहिलो पहिलो खेल अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ ३१) मा हुनेछ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *