अर्घाखाँचीको शितगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरपालिकाले वडा नम्बर २ का विभिन्न स्थानमा बजार अनुगमन गरको हो ।
बजार अनुगमनमा म्याद गुज्रेका सामाग्री भेटिएका छन् । अनुगमन टोलिले त्यस्ता सामाग्री बरामद गरेर नष्ट गरेको छ । टोलिले घरेलु मदिरा, पेय पर्दाथ र किराना समग्री र कस्मेटिकका सामाग्री फेला परेको अनुगमन समितिका संयोजक अजय यादवले बताए । उनले विभिन्न पसललाई जरिवाना समेत गरेको बताए ।
जरिवाना बाट रु ५ हजार ५ सय जम्मा भएको बताएको छ । अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण नभएको पनि पाईएको छ । त्यस्ता पसलहरुलाई दर्ता तथा नविकरणका लागि सुझाईएको छ । नगरपालिकाको आयोजनामा भएको अनुगमनमा उद्योग बाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।