३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

अर्घाखाँचीकी ७ वर्षिय बालिकाको मृत्युपछी गुल्मी अस्पतालमा तनाव

लक्ष्मण घिमिरे ।
गुल्मी  । सामान्य पेट दुखेर अस्पताल गएकी बालिकाको मृत्यु भएपछी गुल्मी अस्पतालमा तनावको स्थिती सृजना भएको छ ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै शव उठाउन नमानेपछी घटना जटिल बनेको छ । आफन्तहरुले प्रदर्शन गरेपछि अस्पतालमा अहिले तनावग्रस्त स्थिती छ ।

सोमवार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षिय छोरी प्रशंसालाई लिएर गुल्मी अस्पताल पुगे । उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो ।

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । आज (मंगलवार) बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधी दिइएको थियो । त्यसपछी उनी बेहोस भईन् । सुई लगाएपछी बेहोस भएकी प्रशंसा फेरी ब्युझिन सकिनन् ।

बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेपनि तर नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ । सामान्य पेट दुखेको बच्चा अस्पताल लगेपछी स्वास्थ्य अवस्था सुधारात्मक रहेका बेला लाहापरवाहीले गर्दा सुई लगाएको केही समयमै बच्चाको ज्यान गएको उनिहरुले आरोप लगाएर नाराबाजी गरिरहेका छन् ।

अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् । अस्पताल प्रशासान र मृतकका आफन्तजन बिच भएको छलफल सकारात्मक नभएपछी जिल्ला प्रशासन कार्यालयमा वार्ता बस्ने तयारी भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा गएर छानबिन समितीको माग गर्ने उनले बताए ।

मृतकका आफन्तजनले अस्पताल परिसरमा नाराबाजी गरेर तोडफोडमा उत्रिएपछी झडपको स्थिती बनेको छ । अहिले अस्पताल परिसरमा आवतजावत बन्द गरिएको छ भने बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (13%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?