अर्घाखाँची : नौमुरे आयोजनाकाे ८३ प्रतिशत रकम फ्रिज

अर्घाखाँची : नौमुरे आयोजनाकाे ८३ प्रतिशत रकम फ्रिज

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालित नौमुरे बहुउद्देश्यि आयोजनाको कामले गती लिन सकेको छैन । शितगंगा नगरपालिका-८, सातमारामा रहेको कायार्लयले परिणाम देखिने गरी काम गर्न नसकेको हो ।

बहुप्रक्षित मानिएको र सँधै चुनावी नारा बन्ने गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको चर्चा अनुरुपको काम अँघी बढ्न नसक्दा कुरामै सिमित रहने हो कि भन्ने आम चाँसो बनेको छ । अर्घाखाँची र प्युठानको सिमानामा पर्ने मादी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भएपनि काम उल्लेख्य रुपमा अँघी बढ्न सकेको छैन ।

कार्यालय स्थापना भएपछी कार्य अँघीं बढ्छ भन्ने सोंच बनाएका सो क्षेत्रका नागरिक कार्यसम्पादनबाट त्यती खुशी हुन भने सकेका छैनन् । आयोजनाले गत आर्थिक वर्ष २०७९/८० मा बजेटको कुल १७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अँघी बढ्न नसक्दा बजेट फ्रिज गएको हो ।

चालु र पुँजिगत गरेर ६ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा १ करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यि आयोजना अर्घाखाँचीले जनाएको छ । चालु खर्च तर्फ १ करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा ४२ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजना प्रमुख जयराम प्रजापतीले जानकारी दिए ।

यस्तै पुँजिगत तर्फ ४ करोड ९४ लाख विनियोजन भएकामा ७६ लाख ७ हजार रुपैंया मात्र खर्च भएको देखिन्छ । कार्यालयको पाँच करोड ६० लाख ७७ हजार रुपैयाँ फ्रिज गएको हो । जुन कुल बजेटको ८२.५३ प्रतिशत रकम हो । यसरी हेर्दा कुल बजेटको ८२.५३ प्रतिशत रकम फ्रिज हुन पुगेको हो ।

सम्भाव्यता अध्ययन अनुसार सात वर्ष भित्र आयोजना सम्पन्न हुने लक्ष्य लिएपनि अपेक्षित काम भने हुन सकेको छैन । कार्यालयका प्रमुखदेखी अन्य कर्मचारीले तलब भत्ता खानु बाहेक अन्य प्रगती शुन्य जस्तै छ । बजेट हुँदा हुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानियले बताएका छन् । कार्यालय प्रमुखको कन्जुस्याँईका कारण काम अँघी बढ्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

आयोजनाको मुख्य कामहरु बाँकी नै रहेपनी अन्य कार्यहरु अँगाडी बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिए । रिभर ट्रेनिङ्ग वर्कको डिजाईन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहण सम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षण सम्बन्धी कार्य, जलाशयको परिधी छुट्टाउने कार्य, शितखोला पुलको डिजाईन तयार पार्ने कार्य सम्पन्न भएको उनको भनाई छ । ‘केही कामहरु भएका छन्,उनले भने,‘भौतीक रुपमै देखीने गरी काम गर्न र देखाउन समय लाग्छ ।’ बजेटको आकार अनुसार काम अँघी बढ्ने उनको भनाई छ ।

भर्खर आजको आजै आयोजना सम्पन्न भई नहाल्ने भन्दै उनले बहुउद्देश्यिय आयोजना भएकाले तोकिएको समयमा काम पुरा हुने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाईदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत आयोजना सँधै चुनावी घोंषणापत्र र राजनितिक नारामा मात्र प्राथमिकतामा रहेको देखिन्छ । गत वर्षदेखी कार्यालय स्थापना भएर आयोजनाको काम अँघी बढेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (67%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *