पाल्पामा गुडिरहेको स्कर्पियो पुरिंदा चार जना बेपत्ता, चार घाइतेको उद्धार

पाल्पाको रिब्दीकोट गाउँपालिका-२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खस्दा स्कर्पियो पुरिँदा चार जना बेपत्ता भएका छन् । बुधबार बिहान खसेको सुख्खा पहिरोमा स्कार्पियो पुरिएको प्रहरीले जनाएको छ।
गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा जिप पुरिएको हो । पहिरोले जिप पुरिँदा घाइते भएका चार जनालाई उद्धार गरिएको हार्थोक प्रहरीले जनाएको छ ।थप चार जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
यहाँ सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको छ ।
टिप्पणी