पाल्पा अपडेट : पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु, ८ जना घाइते

पाल्पा अपडेट : पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु,  ८ जना घाइते

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *