विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

आज बिहीवार काठमाण्डौमा भएको एक कार्यक्रममा अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्तिविनाको अध्ययनका लागि विदेश जान नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्दा राम्रो अवसर समेत पाउन नसकेको बताए।

उनले भने, ‘अहिले जति पनि विद्यार्थी बाहिर देशमा पढ्न गएका छन्, उनीहरू राम्रो कलेजमा गएका छैनन् । उनीहरू एउटा भिसा सर्कलमा गएका छन्, न कलेज पूरा गर्न सक्छन्, न ठूलो अवसर पाएका छन् । नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग उत्कृष्ट क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता छ । तर कक्षा १२ देखि नै ४० हजार विद्यार्थी बाहिर गएका छन् । अहिले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’

अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको बताए । उनले पछिल्लो समय ठूलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा लागे पनि करको दायरामा भने नआएको गुनासो गरे।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *