२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

आगामी जीवन देशका लागि दिन्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन देशका लागि दिने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज बिहीवार आयोजित ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले नयाँ सङ्कल्पसहित देश निर्माणको अनवरत यात्रामा रहेर देशको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताए । प्रचण्डले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ शुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे ।

‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’, प्रधानमन्त्रीले भने, ‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’

उनले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्बर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए । कर्णाली कोरिडरले यहाँका नागरिकको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गरे । कम्युनिस्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै उहाँले विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?