कांग्रेस लुम्बिनीले गठन गर्‍यो सल्लाहाकार समिती, अर्घाखाँचीका १३ सहित १०७ जना मनोनित

कांग्रेस लुम्बिनीले गठन गर्‍यो सल्लाहाकार समिती, अर्घाखाँचीका १३ सहित १०७ जना मनोनित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले सल्लाहकार समिति गठन गरेको छ । शनिबार बसको बैठकले अर्घाखाँचीका १३ जना सहित १०७ जनालाई सल्लाहकार चयन गरेको छ ।

यसरी चयन हुनेमा समितिमा हाल संघीय सांसद डा. चन्द्र भण्डारीदेखि लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल सम्म रहेका छन्। अर्घाखाँचीबाट पाका नेता मणिराम पौडेलदेखी श्यामनाथ काश्यप सम्मका नेताहरु समेटिएका छन् ।

पार्टीका पुराना एवं अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको हो। सभापति पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताए । ‘पार्टिलाई चलायमान बनाउनु पर्छ भन्ने हाम्रो प्रयास हो,उनले भने,‘सबै पक्ष समेटेर अँगाडी बढ्छौं ।’

अर्घाखाँचीबाट मणिराम पौडेल, मोणिराज गौतम, प्रेम नारायण बेल्वासे, श्यामनाथ काश्यप, डा. मुक्ति श्रेष्ठ, राजकुमार श्रेष्ठ, अशोक श्रेष्ठ, बिष्णु न्यौपाने ज्ञानराज न्यौपाने, गणेश बहादुर सिंह, पिताम्बर शर्मा, खगेन्द्रराज पोख्रेल, यदु प्रसाद घिमिरे सल्लाहाकार समितिमा चयन भएका छन् ।

सुची यसप्रकार रहेको छ-

 

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *