जुम्लामा जिप दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु

जुम्लामा जिप दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। नाग्म देखि मुगु सडक खण्ड अन्तर्गत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगु तर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परि चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए। चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ। जिप सडकबाट अन्दाजि ३ सय मिटर तल खसेको उनले बताए।

आईतबार विहान ६ः४५ बजेको समयमा जिप दुर्घटना भएको उनले जानकारी दिए। उक्त जिपमा सावर दुईजना मध्ये दुवै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *