अर्घाखाँची अस्पतालको सामाजिक परिक्षण अन्तर्गत ‘आम भेला’ कार्यक्रम सम्पन्न

अर्घाखाँची अस्पतालको सामाजिक परिक्षण अन्तर्गत ‘आम भेला’ कार्यक्रम सम्पन्न

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालको गुणस्तर, सेवाप्रवाह तथा सुशासनका सम्बन्धमा गरिएको सामाजिक परिक्षणको आम भेला गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

नेपाल मिडिया नेटवर्कको सहजीकरणमा गत आर्थिक वर्ष २०७९/८० को सामाजिक परिक्षणको आम भेला कार्यक्रम गरिएको हो । वर्षभरी अस्पतालले दिएको सेवाका सम्बन्धमा सेवाग्राहीसंग गरिएको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट सरोकारवाला पक्ष राखेर सार्वजनिक गरिएको हो । अस्पतालले प्रवाह गर्ने सेवासुविधा, नितिगत व्यवस्था र हालको अवस्था, सबल पक्ष, दुर्बल पक्ष तथा सुधार गर्नुपर्ने पक्ष समेटेर तयार पारिएको प्रतिवेदन आम भेलामा सार्वजनिक गरिएको संस्थाका निर्देशक सिद्धार्थ केसीले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका मेसु डाक्टर जगन्नाथ तिवारी, अर्घाखाँची स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामप्रसाद गौतम, जनस्वास्थ निरिक्षक गणेशराज पौडेल, अस्पताल गुणस्तर समन्वय सदस्य हिम बहादुर जिसी लेकाली, प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष लक्षमण घिमिरे लगायतका वक्ताले बोल्दै अर्घाखाँची अस्पताललाई सुधार गर्न सबै पक्ष मिलेर लाग्नु पर्नेमा जोड दिए । भएका सेवासुविधालाई विस्तार गर्ने तथा कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने उनिहरुको राय थियो ।

अस्पताल विकास समिति सदस्य मेनुका पौडेलको अध्यक्षता र संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमक सहजकर्ताको रुपमा सुरज सारुले संस्थाको तर्फबाट प्रस्तुती राखेका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *