लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका संस्थापक मेयर कमल प्रसाद भुसालले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहायता उपलब्ध गराएका छन् ।
भुसालले आफ्नो ६३ औं जन्मदिनको अवसरमा सिद्धेश्वर शिवालय मन्दिरलाई ११ हजार १ सय एघार रुपैंया प्रदान गरेका हुन् । नेपाली कांग्रेसका पुर्व जिल्ला पार्टी सभापती समेत रहेका भुसालले मन्दिरमा रहेका बटुकहरुलाई दैनिक उपभोग्य वस्तुको अभाव कम गर्ने हेतुले आर्थिक सहयोग गरेको बताए ।
‘आज यस धर्तीमा म जन्मेको दिन हो । तसर्थ यो दिनका अवसरमा आश्रममा रहेका बटुकहरु तथा वृद्धवृद्धाहरुलाई केही भएपनि राहत होला भन्ने सोंचेर आफुसक्दो सहयोग गरेको हुँ ।’उनले भने ।
यसअँघी उनि मेयर पदमा बहाल रहँदा पनि विभिन्न सहयोग गर्दै आएका थिए ।