४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

स्वास्थ्य कार्यालयको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँचीको जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाउन आफुले स्वास्थ्य मन्त्रिलाई पटक पटक आग्रह गर्दा ६ करोड बजेट छुटाउन सफल भएको भएको बताएका छन् । उनले जिल्ला असस्पताल ५० शैयाको बनाउन प्रदेश सरकारबाट स्वीकृत भएपनि सेवा सुविधा र जनशतिm १५ शैयाको मात्र भएकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा ल्याउन आफुले पहल गर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको आर्थिक वर्ष २०७९।८० मा सम्पादन भएका कामको बारेमा भएको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नेता घिमिरेले अर्घाखाँची बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न औषधी ब्यवस्थापन,औजार तथा उपकरण उपलब्ध गराउन तीनै तहको सरकाले जोड दिने बताए ।

जिल्ला स्वा स्थ्य कार्यालयको बार्षिक समिक्षा कार्याक्रममा जिल्ला समन्वय प्रमुख जीवनाराण कोइरला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, लुम्बिनी प्रदेश स्वास्थय निर्देशनलयका निमित्त निर्देशक रमजनम कुर्मी पत्रकार महा सघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मनतब्य राख्दै स्वास्थ्याका सबै सुचक सय प्रतिशत पुराउन गाउँगाउँमा स्वास्थ्य सचेतनाका कार्यक्रम ब्यापक रुपमा संचालन गनुपर्ने बताएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले अझै पनि अर्घाखाँचीका अधिकाश ठाउँमा खोप केन्द्रको भबन नहुदा पिपको बुटामुनी बसेर स्वास्थ्यकमीले बालबालिकालाई खोप लगाउनु पर्ने बाध्यता भएका अनिबार्य सबै ठाउँमा खोप केन्द्रको सानो भएपनि भबन बनाउन पहल गर्न जनप्रतिनिधिलाई आग्रह गरे । नेपालीले गर्भबति महिलाले अनिबार्य आरन चक्की खानु पर्ने, बच्चालाई सबै डोज खोप लागाउनु पर्ने, पोषिलो खानेकुरा खाने, अनिबार्य स्वास्थ्य संस्थामा गएर मात्र डेलिभरी गराएमा आमा बच्चाको स्वास्थ्य सुरक्षित हुने बताए ।

मालारानी , पाणिनी र सितगगाका बालबालिकाले ५० देखि ४०प्रतिशत सम्म डोज खोप नलगाएकोले सचेतनाका कार्यक्रम संचालन गर्न सरोकारवालाई आग्रह गरे । कार्यक्रम स्वाथ्यकर्मी गणेशराज पौडेलको स्वागत मन्तव्य र बसन्त पोख्ररेलको संचालनमा सम्पन्न भएको हो । बार्षिक समिक्षा कार्यक्रममा अर्घाखाँचीका ६ ओटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?