१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले  बताए । सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।

जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको  मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?