१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

गुल्मी : माटोको ढिस्कोमा पुरिएर मजदुरको ज्यान गयाे

गुल्मीमा माटोको ढिस्कोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माणधिन घरमा काम गरिरहेका बेला पहिरोको ढिस्को खस्दा प्युठान गौमुखी गाउँपालिकाका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) नविन किशोर प्रधानले जानकारी दिए ।

पहिरोमा परेर घरधनी ७९ वर्षिय शेरबहादुर बेल्बासे र प्युठान गौमुखी गाउँपालिकाका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

शवलाई पोष्टमार्टमपछी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?