लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल मुस्लिम संघको केन्द्रिय नेतृत्वमा अर्घाखाँचीका चार जनाले प्रतिनिधीत्व गरेका छन् ।
केन्द्रिय उपाध्यक्षमा अहमद हुसेन, केन्द्रिय सचिवमा नवाफ अली, केन्द्रिय सदस्यमा ईन्सु मियाँ र हविब शाह निर्विरोध चयन भएका छन् । चार जना नै अर्घाखाँची मुल घर भई देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् ।
उपाध्यक्ष हुसेनको सुरुमा अध्यक्षमा दावी थियो । सर्वसम्मत हुने भएपछी उनी उपाध्यक्षमा बस्न राजी भएका हुन् । केन्द्रिय सचिव नवाफ अली पाणिनी गाउँपालिका ८ पालीका वासिन्दा हुन् । उनि हाल दाङमा बसोबास गर्छन् ।
यस्तै केन्द्रिय सदस्य ईन्सु मियाँ पाणिनी गाउँपालिकामै बसोबास गर्छन् । ईन्सु नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सहसचिव हुन् ।
अर्का केन्द्रिय सदस्य हविब शाह सन्धिखर्क ३ का वासिन्दा भएपनी हाल उनी सुर्खेतमा बस्दै आएका छन् ।