६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै छ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन् । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्नेभन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै रहेको अध्यक्ष ओलीको जिकिर थियो ।

मंगलबार काठमाडौँमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खँदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको पनि बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनले दाबी समेत गरे ।

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन पनि दिए । त्यसैगरी उनले चर्को ब्याजदर व्यवसायीहरुलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?