१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

गर्भवती भईन् रेखा थापा

अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।

रेखाले पहिलो सन्तानलाई स्वागत गर्नको लागेको जानकारी दिइन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ । गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् । सोही कारण रेखाले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन् ।

चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ ।  शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् । ‘यत्तिको वर्षसम्म सबैले सोध्नुभयो, फाइनल्ली यो कुरा बताउन पाउँदा खुसी छु,’ उनले भनिन् ।

रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।
तपाईको प्रतिक्रिया
  • खुसी (70%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (30%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?