६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

भारतसँग नेपाल पराजित

साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा नेपाल भारतसँग ३–२ गोल अन्तरले पराजित भएको हो।

खेलको २६ औँ मिनेटमा भारतका लागि साहिल खुर्सिदले पहिलो गोल गरे। त्यसैपछि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफको ७४औँ मिनेटमा नेपालका लागि समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो।

जितसँगै भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले पाकिस्तानसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?