अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको एक सहकारीमा मंगलवार राती चोरी भएको छ ।
मालारानी गाउँपालिका ४ खनमा रहेको जनकल्याण साना किसान कृषि सहकारी सस्था लिमिटेडको कार्यालयबाट १ लाख ५६ हजार चोरी भएको ईलाका प्रहरी कार्यालय खनका प्रमुख प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताए ।
सहकारीमा कार्यरत कर्मचारीका अनुसार कार्यालय भित्र रहेको लकर फोरेर नगद चोरी भएको हो । मासिक बचत उठाएर लकरमा राखिएको तर अर्को दिन कार्यालय जाँदा लकर फुटेको अवस्थामा भेटिएको थियो । सहकारीमा भएको चोरीका बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय खनले बताएको छ ।