४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

जनतासंग माओवादी केन्द्र :समाजवाद उन्मुख अर्थतन्त्र मार्फत समृद्धी हासिल गर्ने उद्देश्यलाइ वास्तविकतामा रुपान्तरण गर्न लाग्नुपर्ने

संविधानका प्रावधानहरुले समाजवाद उन्मुख अर्थतन्त्र मार्फत समृद्धी अर्थतन्त्रको विकास गर्ने लक्ष्य लिएको र यी प्रावधानहरु भित्रै प्रजातान्त्रिक शासन प्रणालीका अन्य विभिन्न अपरिहार्य पक्षहरु लाई पनि नेपालको संविधान २०७२ ले आत्मसात गरेको भन्दै एक कार्यक्रमका वक्ताहरुले राज्य त्यो बाटोमा हिंड्न नसकेको बताएका छन् ।

देशले अवलम्वन गरेको समाजवाद उन्मुख अर्थतन्त्र मार्फत समृद्धी हासिल गर्ने उद्देश्यलाइ वास्तविकतामा रुपान्तरण गर्न सबै पक्ष लाग्नुपर्ने उनिहरुको जोड थियो । संविधानमा उल्लेखित कार्यक्रमहरुको प्रभावकारिता अभिवृध्दि गर्ने जस्ता कार्यहरुको थालनी हुनु पर्ने र यस्ता विषयमा बहस र चिन्तनहरुले निरन्तरता पाउनु पर्ने उनीहरुको भनाई छ ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जनतासंग माओवादी केन्द्र रुपान्तरण अभियान अन्तरगत समाजवाद उन्मुख आर्थिक समृद्धीको वैचारिक एवं व्यवहारीक पक्ष विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तिन महिने अभियानका अर्घाखाँची जिल्ला इन्चार्ज बामदेव क्षेत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा अर्घाखाँची बार एशोशिएसनका अध्यक्ष केबी भुसाल, पाणिनी बहुमुखि क्याम्पसका उपप्रध्यापक माधवराज चुँदाली र साथी सहकारीका संस्थाका अध्यक्ष प्रकाश भुसालले कार्यपत्र माथी टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य लिलाधर बस्याल, एमाले जिल्ला उपसचिव शम्भु पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हरीप्रसाद भुसाल, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसीलगायतका वक्ताहरुले कार्यपत्रमाथी टिप्पणी गर्दे आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक, उद्योगी व्यवसायीका प्रतिनिधी लगायत सरोकारवाला पक्षहरूको सहभागीता रहेको थियो ।

(माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीका संयोजक राजेन्द्र भुसालको अध्यक्षता, पार्टी सन्धिखर्क नगर अध्यक्ष कृष्णहरी भुसालको स्वागत मन्तव्य र रामलाल पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?