प्रधानमन्त्री ओलीको झापा भ्रमण स्थगित

प्रधानमन्त्री ओलीको झापा भ्रमण स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।

नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका थियो । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।

सहिदको सम्झनामा अर्जुनधारा नगरपालिकामा सालिकसहितको पार्क निर्माण गरिएको छ । प्रधानमन्त्री नआउने भएपछि सुखानीमा प्रदेश-१ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुन जानेछन् । एक सातामा प्रधानमन्त्री ओली दुई पटक झापा आइसकेका थिए । तेस्रो पटक आउने कार्यक्रम भने स्थगित भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *