२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

अर्घाखाँची युवा परिषद : कोरोनाका कारण राेकिएकाे भलिबल प्रतियोगिता पुनः सुचारु हुँदै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । कोरोना महामारीका कारण विगत चार वर्षदेखी रोकिएको अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता पुनः सुचारु हुने भएको छ।अर्घाखाँची युवा परिषदको आयोजनामा हुँदै आएको जिल्लाको बहुप्रतिष्ठीत भलिभल खेल २०७६ को संस्करणपछी हुन सकेको थिएन ।

अवस्था सहज हुँदै गएपछी यसवर्षबाट खेलका संस्करण पुनः सुचारु हुने परिषदले जनाएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय तहबिच पालिकास्तरीय चौथो अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको परिषदका अध्यक्ष काजी श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले आउँदो कार्तीक १६ गते देखि प्रतियोगिता संचालन हुने जानकारी दिएको छ ।

प्रतियोगितामा जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाका टिमको सहभागिता रहने छ। खेललाई थप रोचक बनाउन प्रत्येक टिमले २ जना खेलाडी सम्बन्धित पालिकाभन्दा बाहिरबाट राख्न पाइने व्यवस्था गरिएको छ।

खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको परिषदले जनाएको छ । भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार पुरस्कार दिइनेछ। द्वितिय हुने टिमलाई नगद ३० हजार र तृतिय हुने टिमलाई २० हजार नगद पुरस्कार दिइनेछ।

यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने महासचिव प्रकाश भुसालले जानकारी दिए । अहिलेको चौथो संस्करणमा शितगंगा नगरपालिकालाई शिल्ड पचाउने अवसर छ । २०७५ र २०७६ को संस्करण शितगंगाले जितेको थियो । अहिलेको संस्करण जितेर शिल्ड पचाउने अवसर शितगंगालाई रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार पाउनेछन्।

सामाजिक क्षेत्रमा सक्रिय परिषदले भजन कृतन, होली, रोपाईजात्रा, माघे सक्रान्ती मेलामा कार्यक्रम गर्दै आएको छ । मनोरञ्जनका क्षेत्रका अलावा वृद्धाअश्रमलाई सहयोग, रक्तदान, स्वास्थ्य शिविर, विभिन्न रोजगार तथा शिपमुलक तालिम समेत गर्दै आएको छ । परिषदले अन्य क्षेत्रमा पनि रचनात्मक कार्य गदै आएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?