१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

अर्घाखाँची : ७० जना कैदीबन्दीलाई फलफुल वितरण

मालारानी गाउँपालिकाका निवर्तमान अध्यक्षले कारागारमा रहेका कैदीबन्दीहरु लाई फलफूल वितरण गरेका छन्।

गाउँपालिकाका संस्थापक अध्यक्ष तथा समाजसेवी बालकृष्ण शर्मा आचार्य, उनकी श्रीमती विष्णुमाया आचार्यले आफ्ना बुवा पतिराम आचार्यको आश्विन कृष्ण पक्ष प्रतिपदा द्वितीय श्राद्वको दिनलाई स्मरण गर्दै अर्घाखाँची जिल्ला कारागारमा रहेका ७० जना बन्दीहरुलाइ फलफुल वितरण गरेका हुन् । मानव सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै फलफुल वितरण गरेको आचार्यले बताए ।

हाल जिल्ला कारागारमा ६३ जना पुरुष तथा ७ जना महिला कैदीबन्दी रहेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?