१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।कक्षा २ मा अध्ययनरत वर्ष ८ का सलाम पुलामी मगर दुई तला भएको बेडमै झुन्डिएको अवस्थामा फेला परेका हुन्।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरू आई सकेका छन्।शुक्रवार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरूले उठाउन दिएका छैनन्।जसका कारण पोस्टमार्टम हुन सकेको छैन्।बालकको मृत्यु शङ्कास्पद भएको भन्दै आफन्तहरूले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन्।पोस्टमार्टमका लागि शव लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) लक्षमण शाहीले बताए।यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?