१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ । आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताए।

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?