१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

लुम्बिनीमा लगाइयो लम्पी स्किन विरुद्धको ७५ हजार खोप

लुम्बिनी प्रदेशमा हालसम्म ७५ हजार ४२० पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ सङ्क्रमित भएका छन् । त्यस्तै, १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

सङ्क्रमित पशुमध्ये ५ हजार ८०१ भैँसी हुन् । तीमध्ये ५ हजार ३०९ भैँसीको उपचार भएको छ भने १५६ को मृत्यु भएको छ । सङ्क्रमित पशुको उपचार स्थानीय तह र पशु कार्यालयबाट गरिएको निर्देशनालयका निर्देशक सूचना अधिकारी डा लोकराज भुसालले जनाए ।

कुन जिल्लामा कति खोप  ?  

लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये लम्पी स्किनबाट सबैभन्दा बढी पशुको मृत्यु रोल्पामा भएको छ । त्यहाँ ३ हजार ४९१ पशु यो रोग लागेर मरेको निर्देशनालयले जनाएको छ । रोल्पामा ३१ हजार २१८ पशु सङ्क्रमित छन् भने हालसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा खोप लगाइएको छ ।

त्यस्तै, रुपन्देहीमा ७ हजार ९३४ सङ्क्रमित, ४४७ पशुपन्छीको मृत्यु र ७ हजार ३३२ लाई खोप लगाइएको निर्देशनालयले जनाएको छ ।

उता, बाँकेमा ४१ हजार  ५२ सङ्क्रमित, १५२ पशुको मृत्यु, बर्दियामा १ हजार ७८ पशु सङ्क्रमित, १२५ पशुको मृत्यु, दाङमा २९ हजार २११ पशु सङ्क्रमित, ७७६ पशुको मृत्यु, रुकुममा १४ हजार ४०९ सङ्क्रमित, २ हजार ६२ पशुको मृत्यु भएको छ ।

यस्तै, प्युठानमा ३४ हजार ७२० सङ्क्रमित, ८११ पशुपन्छीको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ सङ्क्रमित, ३४२ पशुपन्छीको मृत्यु, गुल्मीमा ९ हजार ४४७ सङ्क्रमित, ३९० पशुपन्छीको मृत्यु भएको छ ।

यसै गरी, पाल्पामा ६ हजार ६७१ सङ्क्रमित, ३६५ पशुपन्छीको मृत्यु, नवलपरासी पश्चिममा  ८९४ सङ्क्रमित र ४१ पशुपन्छीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, अहिलेसम्म कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२०, प्युठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

उता, नवलपरासी पश्चिममा अहिलेसम्म एउटा पशुपन्छीमा पनि लम्पी स्किन विरुद्धको खोप लगाइएको छैन । त्यहाँ रोगको प्रकोप निकै कम देखिएकाले नलगाएको हो ।

नेपालमा अहिलेसम्म लम्पी स्किन विरुद्ध १३ लाख खोप आएको छ । अव दसैँपछि सङ्घीय सरकारले खोपको स्रोत खोजी गरेमा लुम्बिनी प्रदेशमा पनि खोप लगाउन बजेट स्रोत सुनिश्चित गरिएको निर्देशनालयका निर्देशक डा. प्रवेश सिंह कुँवरले बताए ।

विज्ञहरूका अनुसार यो रोग  नियन्त्रणको विकल्प भनेको खोप नै भएकोले कन्तीमा ८० प्रतिशत पशुमा यो खोप लगाउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?