४ असोज २०८१, शुक्रबार
४ असोज २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चा : सन्धिखर्कका १२ वडामा सदस्यता वितरण अभियान सुरु

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सदस्यता वितरण अभियान सुरु गरेको छ । सन्धिखर्क नगरपालिकाबाट अभियानको थालनी गरिएको हो ।

पहिलो चरणमा सन्धिखर्क नगरपालिकाका १२ वटा वडाहरूमा सदस्यता वितरण थालिएको अध्यक्ष थम्मन केसीले जानकारी दिए । आइतवार नगरपालिकाको वडा नम्बर ७, खाँचिकोटका ८९ वर्षीय कुलबहादुर नेपालीलाई सदस्यता प्रदान गर्दै अभियानको सुरुवात गरिएको छ।

अभियानमा जिल्ला अध्यक्ष थम्मन केसी सहित जिल्ला कोषाध्यक्ष तथा सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसी, वामपन्थी नेता देवी पौडेल, नगर समितिका सहसचिव वसन्त खड्का, खाँचिकोट वडा समितिका उपाध्यक्ष हस्तबहादुर पाण्डे, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनार, वसन्त नेपाली लगायको सहभागिता रहेको थियो ।

यसैबिच सन्धिखर्क २ मा पनि राष्ट्रिय जनमोर्चाका प्रदेश सल्लाहकार शेरबहादुर बिसीले ७२ वर्षीय ज्येष्ठ नागरिक कृष्णप्रसाद खनाललाई सदस्यता वितरण गर्नु भएको छ । यस्तै वडा नम्बर १०, अर्घामा ७३ वर्षीया ज्येष्ठ नागरिक जानका आचार्यलाई राजमो सन्धिखर्क नगर समितिका उपाध्यक्ष रुद्र पराजुलीले सदस्यता प्रदान गर्दै अभियान सुरु गरेका छन्।

तीन अभियानअन्तर्गत सदस्यता वितरण, साङ्गठनिक भेला, प्रशिक्षणलगायतका कार्यक्रम हुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । असोज १४ गतेदेखि जिल्लाभर अभियानको सुरुवात भएको जिल्ला अध्यक्ष केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?