१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

मंगलवारको भुकम्पले अर्घाखाँचीमा पाँच घर भासिए

लक्ष्मण घिमिरे।

अर्घाखाँची। मंगलवार गएको भुकम्पका कारण अर्घाखाँचीमा पाँच घर भासिएका छन् । जिल्लाको  शितगंगा नगरपालिका वडा नम्बर २, सितापुरमा भूकम्पको कम्पनले पाँच घर भासिएका हुन्।

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का अर्घाखाँचीमा पनि महसुस गरिएको थियो।  सितापुरका पाँच घर चर्किएका छन् भने त्यो क्षेत्रको जमिन पनि भासिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख इन्स्पेक्टर ऋषिराम घर्तीले जानकारी दिए।
उनका अनुसार स्थानीय सन्तोष घर्ती, दशरथ गुरुङ, विष्णु थापा मगर, बब्लु बानिया र दुर्गा बिसीको घर चर्किएको हो। लगातार परिरहेको अविरल वर्षाका कारण गलेको जमिन भूकम्पले हल्लाएपछि घरहरू चर्कनुका साथै भास्सिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
घर भासिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?