लक्ष्मण घिमिरे ।
अर्घाखाँची । ‘मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम’ लाई प्रभावकारी बनाउन अर्घाखाँचीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजना तथा कृषी ज्ञान केन्द्रको समन्वयमा भएको कार्यक्रममा मुख्यमन्त्री कार्यालयका प्रमुख प्रशासकिय अधिकृत पोषणराज भण्डारी, प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोईराला, सन्धिखर्कका मेयर कृष्ण प्रसाद श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, भुमिकास्थानका मेयर झविलाल थापा, मालारानीका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेवका अध्यक्ष चन्द्रमान श्रेष्ठ, कृषी ज्ञान केन्द्रका प्रमुख बुद्धीराज घिमिरे लगायत कृषक, सहकारी, संघसंस्थाका प्रतिनिधी, पत्रकार सहित सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन नयाँ ढंगले अँघीं बढ्नुपर्ने बताएका छन् । कार्यक्रम ल्याउने तर त्यसको प्रभावकारिताका प्रश्न उठ्ने गरेको भन्दै स्पष्ट निति बनाएर अँघीं बढ्नुपर्ने उनिहरुको सुझाव छ । कृषीमा बिउदेखी बजारीकरणसम्मको समस्या, पर्यटनमा पुर्वाधारदेखी प्रचारप्रसारको समस्या, उद्योगमा बजारदेखी औजारको समस्या रहेको भन्दै सरोकारवालाहरुले सबै क्षेत्रको पहिचान, सम्भावना, उपाय र स्पष्ट निती सहित अँघीं जानुपर्ने भनाई राखेका छन् ।
मुख्यमन्त्री कार्यालयबाट आएका प्रमुख प्रशासकिय अधिकृत पोषणराज भण्डारीले कृषि, वन, उद्योग र पर्यटनका सम्भावित क्षेत्रहरुको पहिचान र प्राथमिकिकरण गरि सीप, पुँजी र प्रविधिको संयोजन मार्फत उत्पादनमुलक रोजगार सृजना गर्ने उदेश्यले जिल्ला तहमा अन्तरक्रिया तथा छलफल आयोजना गरिएको बताए । १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेपछी निचोड निकालेर अँघीं बढ्ने उनको भनाई छ ।
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेशले दुई वर्षमा २ लाख रोजगारी सृजना गर्ने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अँघि सारेको छ ।