२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

सकियो एसियाली खेलकुद, कुन देशले जिते कति पदक?

एसियाली खेलकुदको १९ औं संस्करण समापन भएको छ। चीनको हाङझाउमा सेप्टेम्बर २३ (असोज ५ गते) देखि सुरू भएको १९ औं एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको नतिजा सार्वजनिक भई आज समापन भएको हो।

एसियाली खेलकुदमा कुल ४५ देशका १२ हजार खेलाडी सहभागी थिए। उनीहरूले  ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ४१ राष्ट्रले पदक जितेका थिए। दक्षिण एसियाली मुलुकहरू भुटान, माल्दिभ्स,  यमन र टिमोर लिस्टेले पदक जित्न सकेनन्।

एसियाली खेलकुदमा चीनले सबैभन्दा बढी २०१ स्वर्णपदक जितेको छ। उसले १११ रजत र ७१ कास्य गरी ३८३ पदक जितेर शीर्षस्थानमा रह्यो। त्यस्तै, जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी १८८ पदक जित्यो। १९० पदक पाएको कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य जित्यो।

पदक तालिकाको चौथो नम्बरमा रहेको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी १०७ पदक प्राप्त गर्‍यो। एसियाली खेलकुदमा नेपालले  १ रजत र १ कास्य जितेको छ। नेपालले सन् २००६ पछि पहिलो पटक दुई पदक जितेको हो। पछिल्ला तीन संस्करणमा नेपाल एक एक पदकमा मात्र सीमित बनेको थियो।
नेपाललाई करातेमा एरिका गुरूङले रजत पदक र महिला कबड्डी टोलीले कास्य पदक दिलाए। ८० हजार दर्शक क्षमता रहेको हाङझाउको ओलम्पिक स्टेडियममा स्थानीय समयअनुसार आज राति ८ बजेदेखि समापन समारोह हुनेछ। समारोहमा एरिका गुरूङले नेपालको झन्डा फहराउने छिन्।

समापन समारोहका लागि मञ्च आकर्षक बनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। एसियाली खेलकुदको २० औं  संस्करण जापानमा हुनेछ। जारी संस्करणको समापन समारोहमा चीनले जापानलाई प्रतियो‍गिता आयोजनाको हस्तान्तरण गर्नेछ।

देश स्वर्ण रजत कास्य जम्मा पदक
 चीन २०० १११ ७१ ३८२
जापान ५१ ६६ ६९ १८६
दक्षिण कोरिया ४२ ५९ ८९ १९०
भारत २८ ३८ ४१ १०७
उज्बेकिस्तान २२ १८ ३१ ७१
चाइनिज ताइपेइ १८ २० २८ ६६
इरान १३ २१ १९ ५३
थाइल्याण्ड १२ १४ ३२ ५८
बहराइन १२ २०
उत्तर कोरिया ११ १८ १० ३९
कजाखस्तान १० २१ ४७ ७८
हङकङ १६ २९ ५३
इन्डोनेशिया ११ १८ ३६
मलेसिया १८ ३२
कतार १४
युएई १९
फिलिपिन्स १२ १८
किर्गिस्तान १५
साउदी अरब १०
सिंगापुर १६
भियतनाम १९ २७
मंगोलिया १३ २१
कुवेत १०
ताजाकिस्तान
मकाउ
श्रीलंका
म्यानमार
जोर्डन
तुर्किमिनिस्तान
अफगानिस्तान
पाकिस्तान
ब्रुनाई
नेपाल
ओमन
लाओस
बंगलादेश
इराक
कम्बोडिया
लेबनान
प्यालेस्टाइन
सिरियन अरब रिपब्लिक
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?