२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

अर्घाखाँची बुलेटिनद्वारा आयोजित ‘फोटो प्रतियोगिता’को पुरस्कार वितरण

अर्घाखाँची बुलेटिन प्रा.लीले आयोजना गरेको ‘फोटो प्रतियोगिता २०८०’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । एक भव्य समारोहका बिच पुरस्कार वितरण तथा बुलेटिनका प्रतिनिधि सम्मान कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण तथा प्रतिनिधी सम्मान गरिएको हो ।

सन्धिखर्कको ओल्ड एभरेष्ट होटेलमा कार्यक्रम गर्दै फोटो प्रतियोगितामा प्रथम हुने शारदा हमाल ठकुरी, द्वितिय हुने कविता आचार्य तथा तृतिय हुने अनिता खप्तरी क्षेत्रीलाई पुर्व घोषित पुरस्कार वितरण गरिएको हो । प्रथम पुरस्कार ३० हजार रुपैया बराबरको मोबाइल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै द्वितिय पुरस्कार नगद १० हजार रुपैया र प्रमाणपत्र तथा तृतिय पुरस्कार नगद ५ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको अर्घाखाँची बुलेटिनका कार्यकारी निर्देशक युवराज थापाले जानकारी दिए । विशेष पुरस्कार ढाकाबाङकी कुन्ता भुसालले जित्न सफल भएकी थापाले बताए ।

निर्णायक मण्डलमा रहेर महत्वपूर्ण भूमिका खेल्ने निर्णायक लक्षमण घिमिरे, भिम विश्वकर्मा, टेकराज भुसाललाई सम्मान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष तथा प्रमुख अतिथी अशोक खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, समाजसेवी पुस्कर पौडेललाई बुलेटिनले सम्मान गरेको छ ।

अर्घाखाँची बुलेटिनले आफ्ना पुर्व सहकर्मी तथा अहिले क्रियाशिल प्रतिनिधिहरुलाई समेत सम्मान गरेको छ । कार्यक्रम ७८ वर्षिय कुमारी थापाको अध्यक्षता, कमला घिमिरेको स्वागत मन्तव्य र केशव पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

केही झलकहरु 

तपाईको प्रतिक्रिया
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?