६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

अर्घाखाँची : कांग्रेस महाधिवेशन प्रतिनिधीको बैठक बस्दै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधीको बैठक बस्दैछ । जिल्ला कार्यसमितिको निमन्त्रणामा आज बैठक बस्न लागेको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

बैठकमा महासमिति छनौटका विषयमा छलफल हुने कांग्रेस सभापती केशव श्रेष्ठले जानकारी दिए । मंसिर १३ देखि १५ गतेसम्म काठमाण्डौमा हुने महासमिति बैठकका लागि कांग्रेस अहिले प्रतिनिधि चयनको प्रक्रियामा छ ।

असोज मसान्तसम्म जिल्लाबाट महासमिती सदस्य छनौट गरिसक्नुपर्नेछ । हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् भने ३४ जिल्लामा प्रक्रिया सुरु भएको छ । त्यसैको तयारी स्वरुप अर्घाखाँचीमा पनि बैठक बस्न लागेको हो ।

सके सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट महासमिति सदस्य छनौट हुने जिल्ला सचिव कृष्ण खनालले बताए । ‘आज बैठक बस्दैछौं, उनले भने,‘सकेसम्म सर्वसम्मत छनौट गर्ने प्रयास रहनेछ । नभए निर्वाचनमा जान्छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?