१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

खाँचिकोटमा दोस्रो ‘बागमारा कप’ भलिबल प्रतियोगिता हुने

सागर मरासिनी ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७, खाँचिकोटमा रहेको बागमारा सामुदायिक क्लबले आफ्नो पाचौं वार्षिकोत्सवको अवसरमा दोस्रो बागमारा कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आउँदो कार्तिक १ गते देखि खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष मान बहादुर थापाले जानकारी दिए।  खेल खेल्नको लागि यहि असोज ३० गते देखि कार्तिक १ गते बिहान ९ बजेसम्म टिम दर्ताको समय राखिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार ३३० रुपैंया नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई २० हजार २२० रुपैंया नगद, शिल्ड, मेडल र प्रमाणपत्र  तथा तृतीय हुने टिमलाई १० हजार ११० रुपैंया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा भाग लिने टिमलाई दर्ता शुल्क ३ हजार रुपैंया तोकिएको क्लबका सचिव प्रकाश थापाले जानकारी दिए।

थप जानकारीका लागि

अध्यक्ष- मान बहादुर थापा ९८४७००९०९०
सचीव- प्रकाश थापा ९८५७०७९४६१
खेल संयोजक- कमल थापा ९८६७२१२००६

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?